नियम ३९
जाँचपास प्रमाणपत्रको लागि दरखास्त
(१) ऐनको दफा ९० बमोजिम सवारी जाँचपास प्रमाणपत्र लिन चाहने व्यवस्थापक वा सवारी धनीले सवारी सञ्चालन गर्नु अगाडी ऐनको दफा ९० बमोजिम जाँचपासको लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित सम्बन्धित कार्यालयमा अनुसूची–४० बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा कार्यालयले सम्बन्धित प्राविधिक मार्फत अनुसूची–४१ बमोजिमको ढाँचाको जाँचपास विवरण फाराम बमोजिम सम्बन्धित सवारीको आवश्यक जाँचबुझ गर्न लगाइ जाँचपास विवरण फाराम बमोजिमको व्यहोरा ठीक देखिन आएमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही अनुसूची–४२ बमोजिमको ढाँचामा जाँचपास प्रमाणपत्र
दिनुपर्नेछ ।
(३) उपनियम (२) बमोजिम दिइएको जाँचपास प्रमाणपत्रको म्याद बहाल रहेकै अवस्थामा कुनै सवारी अधिकार प्राप्त अधिकारी, यातायत निरीक्षक वा सम्बन्धित ट्राफिक प्रहरीले जाँच गर्दा ठीक अवस्थामा रहेको नदेखिएमा उक्त सवारीको आवश्यक मर्मत संभारको लागि पन्ध्र दिनको म्याद दिन सक्नेछ र सो म्याद भित्र सवारीको मर्मत संभार गर्न नभ्याएमा थप पन्ध्र दिनको म्याद दिन सक्नेछ र सो म्याद भित्र मर्मत संभार गराउनु सम्बन्धित सवारीको धनी र व्यवस्थापकको कर्तव्य हुनेछ ।
(४) उपनियम (३) बमोजिम दिइएको म्याद भित्र आवश्यक मर्मत संभार नगरी त्यस्तो सवारी चलाउन हुँदैन ।